Logo

मुख्य समाचार

कर्णाली प्रदेशको अनुगमन गरी तयार गरेको प्रतिवेदन समितिमा पास



काठमाडौं । बुधबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कर्णाली प्रदेशको अनुगमन गरी तयार गरेको प्रतिवेदनलाई पास गरेको छ ।

आज बसेको समितिको बैठकले अनुगमन पास गरी प्रतिवेदन प्रधानमन्त्री र सम्वन्धित मन्त्रालयहरुमा समेत कार्यान्वयन गर्न पठाउने निर्णय गरेको हो ।

समितिका सभापति ठाकुर प्रसाद गैरले भने, ‘कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला र मुगुमा मुख्यरुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विद्युतिकरण र पूर्वाधारका विषयमा केन्द्रित भएर नेपाल सरकारले अवलम्वन गरेको नीति, कार्यक्रम र त्यसको कार्यान्वयनको अवस्था के छ भने समितिको तर्फबाट अनुगमन गरेका थियौँ । त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको अवस्था कस्तो छ भनी प्रतिवेदन बनायौँ त्यो पारित भएको छ ।’

उनले कर्णाली प्रदेशमा खानेपानीको योजनासहित अन्य योजनाहरु पनि अलपत्र परेको बताए ।

‘त्यसलाई हामी प्रधानमन्त्री र सम्वन्धित मन्त्रालयहरुमा समेत प्रतिवेदन अनुसार कार्यान्वयन गर्न पठाउने निर्णय भएको छ । कर्णाली प्रदेशमा खानेपानीको योजना परेको तर अलपत्र अवस्थामा रहेको, सबै ठाउँमा विद्युतीकरण पुग्न नसकेको र पुगेको ठाउँमा पनि नियमित र प्रर्याप्त नभएको त्यसैगरी सडक पूर्वाधार क्षेत्र सबै पालिकाहरुसँग पहुँच नपुगेको बनेका सडकहरु सम्पन्न नभएको स्थिती रहेको छ,’ उनले भने । 

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : २६ बजे