Logo

मुख्य समाचार

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् ।

बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भईरहेको बताएका हुन् ।

उनले भने, ‘यातायातको क्षेत्र धेरै विकास भएको छ । यसलाई व्यवस्थित गर्दैछौ । यातायात व्यवसायीहरुसँग बसेर हामीले उहाँहरुको समस्याका बारेमा छलफल गरेका छौ । समस्या समाधानका निम्ति हामीले प्रयत्न गरेका छौ । संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहहरुले आफ्नो आफ्नो अधिकार अनुसार काम भईरहेका छन् । कतिपय प्रदेशले गर्ने काम संघले गरिरहेको छ । ड्राइभिङ लाइसेन्सको समस्याको समाधान भईसकेको छ ।’

उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरि राजमार्गहरु निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए ।

उनले भने, ‘हामी पूर्वपश्चिममा चार वटा राजमार्गहरु बनाउँदै छौ । त्यसमध्ये एउटा एसियन स्ट्रेन्जरको एसियन राजमार्ग बनाउँदै छौ । सबैभन्दा दक्षिणतिरको हुलाकि राजमार्ग, मदनभण्डारी राजमार्ग, पहाडी राजमार्ग यी पूर्वदेखि पश्चिमसम्म समेट्ने राजमार्ग बनाउँदै छौ । यसको प्रगति धेरै गतिमा त हैन तर ठिकै गतिमा यसको प्रगति भईरहेको छ । उत्तरदक्षिणका कोरिडोरहरु बनाउँदै छौ हामी यी कोरिडोरहरु रहर लाग्दा बनिरहेका छन्  ।’ उनले सोचे जस्तो प्रगति गर्न नसके पनि काम भने भईरहेको बताए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १ : ३९ बजे