Logo

Breaking News 1

एकैपटक प्रतिलिटर पाँच रुपैयाँले घट्याे पेट्रोलको भाउ



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । भाेलि बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हाे ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७।५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५।५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : २४ बजे