Logo

मुख्य समाचार

सञ्चारमन्त्री गुरुङ आज स्वदेश फिर्ता



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आज स्वदेश फर्किएका छन् । आइतबार साँझ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री गुरुङ  स्वदेश फर्किएका हुन् ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चारवटा मुख्य सत्रमा सहभागी भएको थियो ।

यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य प्राप्ति गर्ने र एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए । साथै, नेपालले यस सम्बन्धमा देखापरेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले सहयोगका लागि आह्वान समेत गरेका थिए । सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ०९ बजे