काठमाडौं । विपद् न्यूनिकरणमा निजी क्षेत्रको सक्रिय सहभागिता जनाउँदै सीताराम डेरी र किर्तिपुर नगरपालिका वडा नं. ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार लाइफ ज्याकेट वितरण गरिएको छ।
कार्यक्रमको उद्देश्य बाढी, पहिरो, हिमपातजस्ता प्राकृतिक विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी बनाउनु रहेको बताइएको छ। विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सीताराम डेरी र केडिया फाउण्डेसनले अघिल्लो वर्षहरूदेखि नै उद्धार सामग्री प्रदान गर्दै आइरहेका छन्।
कार्यक्रममा प्रदेशसभा सदस्य पुकार मर्हजन, किर्तिपुर नगरप्रमुख कृष्ण्मान डंगोल, नेपाल स्वास्थ्य स्वयंसेवीका अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायब निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायब निरीक्षक कमल गिरी, तथा नेपाल सशस्त्र प्रहरी विद्यालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको मात्र होइन, सबै पक्षको भूमिका महत्वपूर्ण हुने सन्देश दिइएको आयोजकहरूले बताएका छन्।
प्रतिक्रिया