Logo

Breaking News 1

पूर्व आयुक्त इला शर्माको निधन



काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : ०८ बजे