Logo

Breaking News 1

राप्रपा मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु



मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ (ख) को दोस्रो क्षेत्रीय अधिवेशन भव्य रूपमा सुरु भएको छ ।

हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित कार्यक्रम मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद तथा राप्रपाका केन्द्रीय नेता दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु गरिएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता, स्थानीय प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । कार्यक्रममा मुलुकमा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र सशक्त स्थानीय संगठन निर्माणका विषयमा विशेष जोड दिइएको छ ।

अधिवेशनको क्रममा क्षेत्रीय नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिहरूको पनि व्यापक छलफल गरिने जनाइएको छ । राप्रपाले यस अधिवेशनलाई संगठनात्मक दृष्टिले महत्वपूर्ण अवसरको रूपमा लिएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १ : ३० बजे