Logo

Breaking News 1

एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा



लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् । पुडासैनीले सन् २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाई र अग्रजहरुको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने निधो गरेको उनले बताए ।

एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए ।

एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ ।

अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे । आफु निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरुलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ८ : ३८ बजे