काठमाडौँ । डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ ।
विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेर जेनेस सलुशन यो प्रतिष्ठित उपाधि प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको छ ।
जेनेस सलुशनको यो उपलब्धिले प्राविधिक नवप्रवर्तन, उच्चस्तरीय सेवा वितरण र ग्राहक सफलताप्रति यसको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्छ, कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। जेनेस सलुशनले विश्वभरका संस्थाहरूलाई एडब्लुएसमा आधारित समाधानहरू डिजाइन गर्न, माइग्रेसन गर्न र व्यवस्थापन गर्न मद्दत पुर्याउँदै आएको छ ।
जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने, ‘एडब्लुएसको प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस हासिल गर्ने नेपालको पहिलो कम्पनी बन्नु हाम्रो कम्पनीका लागि मात्र होइन, देशका लागि पनि गौरवको क्षण हो। हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौं, नवप्रवर्तनको अगुवाइ गर्दैछौं र विश्वव्यापी मञ्चमा चिनिँदैछौं।’
‘जेनेस सलुशनमा नवप्रवर्तन कुनै मान्यता मात्र होइन, यो हाम्रा सम्पूर्ण गतिविधिको केन्द्रमा रहेको विषय हो। अमेरिका होस् वा नाइजेरिया, स्टार्टअप होस् वा इन्टरप्राइज, बैंकिङ, शिक्षा वा सरकारी क्षेत्र, हामी सुरक्षित, मापनयोग्य र भविष्य–उन्मुख प्रविधि दिन प्रयत्नशील छौं। यो मान्यता बहुपक्षीयता, समावेशिता र उच्चतम गुणस्तरको सेवा प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,’उनले थपे।
जेनेस सलुशनले एडब्लुएस प्रिमिएयर टिएर स्टाटस प्राप्त गरेकाले उसका ग्राहक तथा साझेदारहरूलाई एडब्लुएसका उच्चतम विशेषज्ञता र स्रोतसाधनमा पहुँच, एडब्लुएस विशेषज्ञहरूसँग द्रुत र प्रत्यक्ष सहयोग, एडब्लुएस रोड म्याप तथा बेटा कार्यक्रममा प्रभावशाली संलग्नता, र प्रमाणित गुणस्तर तथा नियमअनुसारको सेवा पाउन सहयोग पुर्याउने कम्पनीले बताएको छ।
जेनेस सलुशनका प्रमुख प्राविधिक अधिकृत तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले भने, ‘यो उपलब्धिले हामी ठूलो लक्ष्य बोकेको, स्पष्ट उद्देश्य र नवप्रवर्तनप्रतिको जोशसहितको संस्था हौँ भन्ने देखाउँछ । यो क्लाउड प्रविधिमार्फत सार्थक प्रभाव पार्ने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। प्रिमियर पार्टनर बनेका कारणले हामीलाई एडब्लुएससँग सहकार्य गर्दै जटिल डिजिटल चुनौतीहरूको समाधान गर्न र ग्राहकलाई विश्वस्तरको समाधान प्रदान गर्न थप मौका दिन्छ ।’
एडब्लुएसको प्रिमिएयर टिएर पार्टनर बन्ने जेनेस सलुशनको यात्रा उदाउँदो अर्थतन्त्रहरूलाई सुरक्षित, मापनयोग्य र नवप्रवर्तनमा आधारित क्लाउड प्रविधिबाट सशक्त बनाउने उसको मूल उद्देश्यसंग मेल खान्छ । एसिया, अफ्रिका, युरोप र अमेरिकाका झन्डै एक दर्जन मुलुकमा कार्यरत रहेको जेनेस सलुशनले स्थानीय ज्ञानलाई विश्वव्यापी नवप्रवर्तन क्षमतासँग मिसाएर ग्राहकको क्लाउड यात्रा सजिलो बनाइरहेको छ।
फुयाँलले भने, ‘प्रिमियर टिएर पहुँचसहित हामी ग्राहकलाई एडब्लुएससँग अझ नजिक पुर्याइरहेका छौं। हामीले हाम्रा ग्राहकहरुलाई अवधारणादेखि कार्यान्वयनसम्म नवप्रवर्तनलाई केन्द्रमा राखेर विश्वस्त र बलियो रूपमा बढ्न मद्दत गर्दै आएका छौं।’
चौधरी ग्रुपका प्रमुख सूचना अधिकारी विजय शाक्यले भने,‘जेनेससँगको साझेदारीले हाम्रो क्लाउड रणनीतिमा ठूलो परिवर्तन ल्याएको छ। एडब्लुएसमा उहाँहरुको गहिरो दक्षता, अनुकूल समाधान र त्रुटिरहित कार्यान्वयनले हाम्रा विविध कारोबार क्षेत्रहरूमा ठूलो सहयोग पुर्याएको छ ।’
आइएमएस सफ्टवेयर काठमाडौंका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले भने, ‘हाम्रो डिजिटल रूपान्तरण यात्रामा हामीले जेनेस सलुशनलाई एक विश्वसनीय साझेदारको रुपमा पाएका छौं। उहाँहरूको एडब्लुएससेवा सम्बन्धी ज्ञान र नवप्रवर्तन–प्रेरित दृष्टिकोणले हामीलाई संरचनागत आधुनिकीकरण र नवप्रवर्तनमा तीव्रता ल्याउन सहयोग पुर्याएको छ।’
प्रतिक्रिया