Logo

Breaking News 1

माओवादीको पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ । साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ८ : ४४ बजे