काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करीब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन् ।
बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए ।
उनले केहि समय अघिमात्रै कतिपय सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता गरेको समेत बताएका छन् । सहकारी बिग्रियो भन्दापनि सहकारीलाई हौसला दिएर अगाडी बढाउनु पर्नेमा जोड दिंदै उनले नयाँ गठन भएका समितीहरुलाई प्रेरणा प्रदान गरेर छिटो छरितो ढंगबाट सिध्याउन आवश्यक रहेको समेत बताएका हुन् ।
‘२३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी घोषण गरेका छौँ अर्को पनि छिटै समस्या ग्रस्त घोषणा गर्ने तयारीमा रहेको छौँ । केहि समय अघिमात्रैकेहि सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता दिने काम गरेका थियौँं । यस बर्ष पौने तीन अर्ब बराबर रुपैयाँको व्यवस्थापन गरिसकेको थियौँ । त्यसमा ७ देखि ८ हजार मान्छेले मुक्त पाएका छन् । यस्बाट रकम प्रप्त गरेका छन् । यो भनेको उपलब्धि हो । हाम्रो जतिपनि सम्बन्धित निकायहरु छन् ति सबैले आआफ्नो तरिका बाट काम गरिरहेको छ । विभागले आफ्नो अधिकार प्रयोग गरेर सबैलाई ध्यान दिन जरुरि छ । हामीले सहकारी खतम भए भन्दैगर्दा त्यस्लाई प्रोत्साहन गर्न जरुरि रहेको छ । अहिले बनेका नयाँ अहिले गठन भएका समितीहरुलाई प्रेरणा प्रदान गरेर छिटो छरितो ढंगबाट सिध्याउन आवश्यक रहेको छ ’ उनले भने ।
प्रतिक्रिया