Logo

मुख्य समाचार

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय थप



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ। पार्टीको सचिवालय बैठकले झाँक्रीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी दिएको सार्वजनिक अभिव्यक्तिपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। सुरुमा दिइएको समयसीमा सकिएपछि सचिवालयले समय थप गर्ने निर्णय गरेको हो।
पार्टीले झाँक्रीको अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको भन्दै संगठनात्मक अनुशासनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ९ : ०५ बजे