Logo

समाचार

अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई



काठमाडौं । अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाई गरेको छ ।

विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाई  गरेको हो ।

विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमन सम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुने छ ।

अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र यात्रुलाई विना कारण अध्यागमनस्थल र प्रक्रियामा प्रवेश नगराई फिर्ता गरिदँदा यसको दोष समेत अध्यागमन प्रशासनले भोग्नुपरेको गुनासो विभागको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ४६ बजे