काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई यूएईमा अभिनन्दन गरिएको छ ।
मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका घिसिङलाई नेपाल आदिवासी जनजाति महासंघ यूएई तथा यूएईमा रहेका सक्रिय नेपाली संघ संस्था र शुभेच्छुकहरुले पञ्चे बाजासहित सम्मान तथा नागरिक अभिनन्दन गरेका हुन् ।
युएइको अबुधावीमा अन्तर्राष्ट्रिय कलाकार समाज–युएई , तामाङ समाज र हामी नेपाली ग्लोबल युएई तथा अबुधावीमा रहेको नेपाली समुदाय मिलेर एक अन्तरक्रियात्मक कार्यक्रमपनि आयोजना गरिएको थियो । भ्रमणका क्रममा देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताएका थिए ।
प्रतिक्रिया