काठमाडौं । नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी संघका अध्यक्ष मधु रमण आचार्यले हेमबहादुर मल्ल सम्मान २०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने जानकारी गराएका हुन् ।
श्रेष्ठले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याएको अनुकरणीय योगदानको लागि सम्मान गर्न लागेको उनले बताए ।
उनको अनुसार अभिनन्दनपत्र सहित नगद दुई लाख रुपैंया सहित विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते सम्मान गरिने छ ।
उनले भने,‘ नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुरÞ्याउनु भएको अनुकरणीय योगदानको लागि उहाँलाई सो सम्मान दिइने भएको हो । उहाँलाई सो सम्मान विशेष समारोह बीच आगामी २०८२ आषाढ २६ गते बिहीबार अर्पण गरिनेछ । सो अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंया रहेको छ ।’
कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुनेछन् ।
प्रतिक्रिया