मुगु । मुगुका २ सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ ।
चार स्थानीय तहमा पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत मानिएको भेडा–बाख्रा पालनमा सक्रिय भूमिका निर्वाह गरेका किसानलाई सम्मान गरिएको हो ।
जिल्लामा विशेषगरी कृषकहरु अन्य पेशा भन्दा भेडा–बाख्रा पालनतिर बढी आकर्षित हुने गरेका छन् ।
कर्णाली प्रदेश सरकारको नीति अनुसार मुगुमा आर्थिक वर्ष २०८१÷०८२ मा ५० बढी भेडा–बाख्रा पाल्ने कृषकहरुलाई प्रोत्साहन खर्च प्रति ब्यक्ति १८ हजारका दरले तीन सय जनालाई दिने लक्ष्य भएपनि प्रोत्साहन वापतको लागि जिल्लामा दरखास्त आब्हान गर्दा ७ सय ५६ जनाको निबेदन परेको थियो ।
तर फिल्ड अनुगमन गर्दा ८९ जना फेक कृषक भेटिएका थिए । अन्य ५० भन्दा बढी भेडा–बाख्रा पालन गर्ने कृषकहरुको संख्या बढी रहेका हुनाले बजेट अपुग हुने भएकाले सिमित मात्रामा कृषक छनोट गरिएको थियो ।
मुगु भेडा–बाख्रा पाल्नका लागि निकै उपयुक्त हावापानी भएको हँुदा पछिल्लो समय युवाहरु बिदेश जानु भन्दा भेडा–बाख्रा पालन सक्रिय हुने गरेका भेटिन्छन् ।
यसबर्ष मुगुमा भेडाको संख्या ३१ हजार छ भने बाख्रा ७० हजार देखिन्छ । अहिले जिल्लामा भेडा–बाख्रा पालन कृषकहरुको राम्रो आम्दानिको स्रोत बन्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यलयका प्रमुख भीमचन्द्र बुढाले बताए ।
छाँयानाथ रारा नगरपालिका १३ थार्पका कर्णसिंह बोहोराका अनुसार भेडा–बाख्राको ऊनबाट घरमा प्रयोग हुने कम्वल, राडीपाखी भए पनि निर्माण गरिने तर बजार मूल्यको अभाव रहेको छ । आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउन उनले माग समेत राखेका छन् ।
पछिल्लो समयमा बजारमा मासुको मूल्य बृद्धि हुदै जाने तर भेडा–बाख्राको मूल्यमा कम हुनुमा विचौलियाहरुका कारण भएको स्थानीयको आरोप छ ।
विचौलियाले बढी फाइदा खाने भएको हुँदा कृषकहरुले उत्पादन गरेका तरकारी, पशुपालनलगायत अन्य खेती गर्दै आएका कृषकहरु मारमा परेको दुखेको छाँयानाथ रारा नगरपालिका–६ का रुप बहादुर सेजुवालको छ ।
प्रतिक्रिया