Logo

मुख्य समाचार

पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् । पर्यटनमा बजेटः प्राथमिकता, कार्यान्वयन र उपलब्धि सम्बन्धि शनिबार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल घुम्न आउने पर्टकहरुले विशेषगरी सडक पूर्वाधारको समस्या भोग्नु परेकाले पर्यटकको नेपाल बसाइ घटेको उनले बताए ।

‘त्यसकारण पुर्वाधार निर्माण पर्यटनका लागि मुख्य मेरुदण्ड हो । होटेलहरुपनि कुनै निश्चित क्षेत्रमा मात्र केन्द्रीत छन् । भएका होटलहरुले पनि सुरक्षाको अभावमा राति ९ बजे नै बन्द गर्नुपर्ने अवस्था छ,’उनले भने, सरकारले पर्यटन क्षेत्रमा भएका होटेलहरुलाई सुरक्षा प्रबन्धको व्यवस्था गरेर पर्यटकहरु आगमनको अवस्था अनुसार राति अबेर सम्म सञ्चालन गर्नसक्ने व्यवस्था मिलाउनुपर्छ ।

पर्यटनको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सरकार, निजी क्षेत्र सबैको सहयोग आवश्यक पर्ने उनले बताए । पछिल्लो समय पूर्वी एशिया विश्वकै ठुलो अर्थतन्त्र ओगटन सक्ने केन्द्र बन्दै गएको सन्दर्भ जोड्दै उनले नेपालका दुई ठुला छिमेकी राष्ट्र चीन र भारतका पर्यटकहरुलाई मात्र पनि नेपाल घुम्न आउन आकर्षण गर्न सकेमा पर्यटन क्षेत्रले अझ राम्रो गती लिनसक्ने पाण्डेले बताए । नेपालमा पर्यटनका बहु सम्भावना भएकाले यो क्षेत्र अर्थतन्त्रको प्राण बन्नसक्नेतर्फ उनले जोड दिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ३१ बजे