काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ देखि सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सुचना जारी गर्दै सबै मन्त्रालय, राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान र बोर्ड÷समिति तथा प्रतिष्ठानका नाममा पत्र लेख्दै आगामी आव देखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको हो ।
नयाँ आव देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्नुपर्ने मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।
अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
प्रतिक्रिया