Logo

खेलकुद

महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा



पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ शिर्षस्थान हासिल ग¥यो । स्याङ्जा २ जित १ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदा ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ नवलपुर तेस्रो र ३ खेलमा २ हार १ बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित १ अंकका साथ पर्वत पुछारमा रह्यो ।

स्याङ्जाले ८.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । ५७ रनको सामान्य लक्ष्य पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिदैँ आउट हुन पुगे । सलिनाले २३ बलमा २ चौका प्रहार गर्दैै २३ रन र श्रेयाले २८ बलमा १ चौका प्रहार गर्दै १४ रन जोडिन् । ज्योत्सनिका मरासिनी ५ र सिमाना केसी शुन्यमा नटआउट रहिन् ।

नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५.३ ओभरमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । उनले ३२ बलमा २ चौकाको मद्धतमा १७ रन बनाइन् । मोनिका लामिछाने ६, पुर्णिमा सुनार शुन्य, श्रेया गिरी १, निहारिका शर्मा शुन्य, श्रेया शर्मा ७, आयुषा चापागाईँ २, यमुना पंगेनी शुन्य, लिजा गुरुङ ४ र वर्षा सुनार शुन्यमै आउट भइन् । निकिता कुँवर शुन्यमा नटआउट रहिन् ।

स्याङजाका लागि सिमाना केसीले ३.३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २-२ विकेट लिइन् ।

यस्तै लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । १२४ रनको विशाल लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गरायो । पर्वतले १०.१ ओभरमा २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । एन्जल अधिकारी शुन्य, दिपिका सापकोटा ५, सुशिला भट्टराई १, रोजिना चापागाईँ २, प्रतिभा खड्का १, कृषा अखेली ४, योगिता केसी शुन्य, जिविका क्षेत्री १, अनुषा पौडेल शुन्य र विपिशा विक शुन्यमा आउट भए । एन्जल परियार शुन्यमा नटआउट रहिन् ।

कास्कीका लागि सोनिमा पुन मगरले ३, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनायो । कास्कीका लागि सिजर्ना पौडेलले ४१ रनको योगदान दिइन् । उनले ५३ बलमा ३ चौका प्रहार गरिन् । विनिता नेपालीले १७ रन बनाउँदै आउट भइन् । शिखा दवाडी शुन्य, विन्दु ठकुरी ७, विनिता सिग्देल ११, रोजि परियार १ रनमा आउट हुँदा रचना चौधरी ५ रनमा अविजित रहिन् ।

पवर्तका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । प्रतिभा खड्का र सुशिला भट्टराईले समान १÷१ विकेट लिइन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ९ : ०२ बजे