Logo

समाचार

कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा



काठमाडौं । नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन् ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पश्चात उनले संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर टुङ्गोमा पुगेको विषय ठयाक्कै उल्टो आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, ‘कुलिङ पिरियडको कुरा मैले हिजो बिहान नै राखेको थिए यसमा संसदीय तहको छानबिन समिति बन्नु पर्छ । यसलाई हामीले सदनमा मिलाउने काम त गरि हाल्छौँ तर संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर बल्ल टुङ्गोमा पुगेको छ तर त्यो विषय ठयाक्कै उल्टो आएको छ । यो त रातलाई दिन बनाएको जस्तो छ । यसमा छानबिन पनि हुनुपर्छ र को को सहभागि छन् उनीहरुलाई कारबाही हुनुपर्छ । यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्छ ।’

यस्तै, उनले काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पु¥याउन नसकेको भन्दै यसको लागि प्रचार विभागले व्यवस्थित तरिकाले काम गर्नुपर्ने बताए ।

उनले भने, ‘काङ्ग्रेसले गरेको कतिपय कामहरु जनता सामु लान सकेका छैनौ । जनतामा काङ्ग्रेसको उपस्थिती एकदमै कम र सूचना पनि बीचमा परिवर्तन हुने गरेको छ । काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पु¥याउन सकेका छैनौ । हामीले सामाजिक सञ्जाल, मिडियालाई दोष दिएर मात्र हुदैँन् । यो हाम्रो पनि गल्ती हो हाम्रो प्रचार विभाग व्यवस्थित तरिकाले पनि चलाउनु पर्ने हो ।’

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ४० बजे