काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले गुल्सन झासहित ६ खेलाडीलाई रिटेन गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै टोलीले रिटेन गरिएको खेलाडीको नाम सार्वजनिक गरेको हो।
रिटेन भएका खेलाडीमा गुल्सन झासँगै विपीन शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरी रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डरमार्फत प्रतियोगिता आगामी नोभेम्बरमा आयोजना हुने जानकारी गराएको छ। यद्यपि, प्रतियोगिताको ठोस मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।
एनपीएलको पहिलो संस्करण मंसिर २०८० मा सम्पन्न भएको थियो, जसमा जनकपुर बोल्ट्सले उपाधि जितेको थियो।
प्रतिक्रिया