मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
पूर्वधार विकास कार्यालय मुगुको ६९ लाख १८ हजार ५ सय १५ रुपैंयाँको लागतमा पुल निर्माण भएको हो । पुल ०८० साल फागुन ९ गते सम्झौता भई ०८१ साल बैशाख २५ गतेबाट काम सुरु भई ०८२ फागुन ८ गते सम्पन्न हुनेछ ।
१ सय २० मिटर लामो झोलुङ्खे पुल पुर्वाधार बिकास कार्यालय मुगुको आर्थिक सहयोग र पुन निर्माण तथा अनुसन्धान बिकास केन्द्रको प्राविधिक इन्टिमेटअनुसार निर्माण भभएको पूर्वाधार बिकास कार्यालय मुगुका प्रमुख तथा इन्जिनियर कृष्ण चापागाईले बताए ।
पुल निर्माण भएपछि वन, पाखामा घाँस, दाउरा, चरिचरन गराउनु सहज हुनुका साथै जुम्ला जानका लागि सहज हुनेछ ।
बिगतका बर्षहरुका खोला तरेर जानुपर्दा जोखिम हुने र समय पनि धेरै लाग्ने गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ की केउडा ऐडीले बताइन् ।
त्यस्तै रारा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खेम बहादुर रावलले पुल निर्माणले स्थानीयलाई सहज हुने बताए । रावलको रोहोवरमा निर्माण भएको पुल एक औपचारिक कार्यक्रमगरी उदघाटन गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष धनकृष्ण ऐडीका अनुसार पुल निर्माणले गाउँभरि खुशीयाली छाएको छ ।



प्रतिक्रिया