Logo

Breaking News 1

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा



काठमाडाैं । गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ५९ बजे