काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् ।
सोमबार केन्द्रीय समितिको बैठक पश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताए ।
अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए ।
साथै, भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ ।
विधानतः हरेक दुई महिनामा बस्नुपर्ने बैठक नौं महिनाको अन्तरालपछि बस्न लागेको हो । बैठकमा पार्टीको एकसय दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ ।
प्रतिक्रिया