काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीको रचनामा आधारित गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक गरिएको छ।
गजब टिभीमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सदीक्षा कट्टेल र समिर खरेलले स्वर दिएका छन्। संगीतकार बसन्त सापकोटाको संगीत रहेको गीतमा कविता नेपाली र सुनिल क्षेत्रीले अभिनय गरेका छन्।
गीतको निर्देशन किरण थापाले गरेका हुन्।
प्रतिक्रिया