काठमाडौं । नेपाली महिला तथा पुरुषहरूलाई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराई त्यस्ता दृश्यहरू रेकर्ड गरेर बिक्री वितरण गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जिल्ला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं, टोखा नगरपालिका, ग्राण्डी क्षेत्र बसोबास गर्दै आएका २९ वर्षीय रमेश थापा हुन्।
प्रहरीले दिएको जानकारी अनुसार थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूलाई प्रलोभनमा पारेर रकम असुली अश्लील गतिविधिमा सहभागी गराउँदै अश्लील सामग्री बनाउने र वितरण गर्ने कार्य गर्दै आएका थिए।
उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिम “अश्लील किताब, पर्चा इत्यादि बनाउने वा बिक्री वितरण गर्ने” कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया