काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री ओली असार १५ गते शनिबार ‘4th International Conference on Financing for Development’ मा सहभागी हुन स्पेन प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा संविधान अनुसार सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ओली विदेशमा रहँदा सिंहले आवश्यक प्रशासनिक कामकाज सञ्चालन गर्नेछन्।

प्रतिक्रिया