Logo

खेलकुद

महिला ह्याण्डबलको उपाधि एपिएफलाई



पोखरा ।  गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ । पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।

फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

शनिबार सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपिएफले कोशीप्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पा¥यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।

१२ गतेदेखी १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थियो । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा  घोषित भइन् । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको प्रवद्र्धकमा प्रदेश खेलकुद परिषद गण्डकी रहेको छ भने सह–प्रायोजकमा बुल्समेन क्लब र प्राविधिक सहयोगमा जिल्ला ह्याण्डबल संघ कास्की रहेको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ३७ बजे