मुगु । मुगुका चार स्थानीय तहमा संचालित छाउपडी प्रथा विरुद्धको अभियान प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ ।
गाउँ बस्तीमा रहेका महिला र शिकोरीहरुलाई सामाजिक बिकास कार्यालयको आर्थिक सहयोग र महिला अधिकार नेपाल केन्द्रको आयोजनामा सचेतना गरिदै आएको छ । तर ति कार्यक्रमहरु प्रभावकारी नभएको गुनासो आएको हो ।
स्थानीय तहहरुले बिभिन्न संघ संस्थाको सहयोगमा बिगतका बर्षहरुमा छाउगोठ मुक्त वडा बस्तीहरु घोषणा गरेपनि कामज र कार्यक्रममा मात्र सिमित रहेको पाइएको छ ।
जिल्लाको ग्रामीण समुदायमा बस्दै आएका महिलाहरु अहिलेसम्म छाउ भएको समय पाँच दिनसम्म र सुत्केरी भएको समयमा २० दिनसम्म गोठमा बस्दै आएका छन् ।
उनीहरुलाई दुध दही, पोसिलो खानेकुरा, तरकारी, फलफुल नदिने गरिएको साथै सार्वजनिक धारा, मठ मन्दिरमा जान नदिने गरेको पाइन्छ । यस्ता अनेकौं कुप्रथा विरुद्ध जनचेतना दिनेकार्य गरेको महिला अधिकार नेपाल केन्द्र मुगुकी अध्यक्ष शुकुमाया शाहीले बताइन् ।
विशेषगरी अशिक्षा, गरीबी र जनचेतनाको अभावका कराण छाउपडि कायमै रहेको जनचेतना कार्यक्रममा सहभागी खत्याडगाँउपालिका वडा नम्बर ६ की शान्ति रावलले बताइन् ।
खत्याड गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले यस्तो कुप्रथा हटाउन आफू बाध्य भएको बताए ।
प्रतिक्रिया