काठमाडौं । हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ ।
फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ले पछि पार्दै उपाधी जितेको हो । कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको समापन भएको छ ।
सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३–० ले हराउदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १–० ले एनसिएमटि कलेजलाई हराउदै पक्का बनायो ।
विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए ।
प्रतिक्रिया