काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा सार्वजनिक गर्ने निर्णय लिइएको हो।
चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना सहभागी भएका थिए। कूल ४ लाख ९९ हजार १८३ परीक्षार्थीमध्ये ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।
परीक्षाको विस्तृत विवरण बोर्डको वेबसाइटसहित एसएमएस तथा विभिन्न वेबसाइटमार्फत उपलब्ध गराइएको बोर्डले जनाएको छ।
प्रतिक्रिया