काठमाडौं । विपद् जोखिम न्यूनीकरणका लागि सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।
रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले प्रहरी प्रमुख टेक बहादुर तामाङलाई रबर बोट, लाइफ ज्याकेट, बुट लगायतका उद्धार सामग्री प्रदान गरे।
प्रहरी प्रमुख तामाङले विपद्का बेला उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्र पर्याप्त नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक हुने बताए।

फाउण्डेसनका अध्यक्ष केडियाले काठमाडौं उपत्यका बाढी र पहिरोको जोखिममा रहेको उल्लेख गर्दै, आम नागरिकको जीवनरक्षा तथा सुरक्षा सुनिश्चित गर्न प्रहरीसँग सहकार्य गर्दै सामग्री सहयोग गरिएको जानकारी दिए।
प्रहरी कार्यालयका अनुसार नागरिकको जिउधनको सुरक्षा र उनीहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। साथै, विपद् व्यवस्थापनका लागि स्वयंसेवकलाई तालिम दिइने र उद्धार सामग्रीका लागि विभिन्न संघसंस्थासँग समन्वय गरिने जानकारी पनि दिइएको छ।
प्रतिक्रिया