Logo

समाचार

३ सय १९ केजी चरेस सहित एक जना पक्राउ



रौतहट । पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई  परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतम मिश्रले ट्रकबाट  बरामद गरिएको चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको बताए ।

उनका अनुसार मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीयबुद्धिबहादुर स्याङ्तानलाई चरेससहित पक्राउ गरिएको हो ।

 प्रहरीले खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरेको प्रहरी उपरीक्षक मिश्रले बताए । पक्राउ परेका स्याङ्तानले  धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्याउने योजनामा रहेको प्रहरी समक्ष बताएको पर्सा प्रहरी प्रमुखमिश्रले बताए ।

उनका अनुसार चरेससहित पक्राउ परेका स्याङे्तानलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

चरेसको तस्करीमा संलग्न अन्य व्याक्तिहरुको बारेमा पनि अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ४७ बजे