खोटाङ । खोटाङ जिल्लाका सबै १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि कुल पाँच अर्ब ५५ करोड सात लाख २४ हजार २५१ रुपैयाँको नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन्।
दश स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्याएको छ। नगरपालिकाले एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ रुपैयाँको बजेट सार्वजनिक गरेको हो। नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदान प्रवर्द्धन, रोजगारी सिर्जना र कृषिको बजारिकरणजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
त्यसपछि ठूलो बजेट ल्याउनेमा हलेसी तुवाचुङ नगरपालिका पर्छ, जसले ८० करोड १८ लाख ८१ हजार ७१९ रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाले खानेपानी, पर्यटन विकास र कृषि उत्पादनमा मात्रै ६ करोड ४७ लाख ९४ हजार ११९ विनियोजन गरेको छ।
खोटेहाङ गाउँपालिकाले ५५ करोड ४८ लाख ९९ हजार ८१९, दिप्रुङ चुइचुम्माले ५६ करोड दुई लाख ६८ हजार ५८९, ऐंसेलुखर्कले ४९ करोड ७० लाख ९३ हजार ८८, केपिलासगढीले ५० करोड सात लाख ५९ हजार ३७३, जन्तेढुङ्गाले ४४ करोड ३७ लाख ३४ हजार, साकेलाले ३९ करोड ३० लाख ३९ हजार ६५९, बराहपोखरीले ३८ करोड ४० लाख ५६ हजार ७७०, र रावाबेंसी गाउँपालिकाले ३८ करोड ५६ लाख ५६ हजार ८४३ रुपैयाँ बराबरको बजेट पारित गरेका छन्।
स्थानीय तहहरूले भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र समावेशी विकासलाई प्राथमिकता दिएका छन्। साकेला गाउँपालिकाले ‘नवजात शिशु बचत’ कार्यक्रमजस्ता नयाँ योजनासमेत बजेटमा समावेश गरेको छ।
प्रतिक्रिया