काठमाडौं । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ ।
प्रतिनिधिसभा अन्तर्गत आज बसेको गठित पूर्वाधार विकास समितिको बैठकले सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल गरेको हो ।
यसैगरी उक्त छलफलमा बोल्दै पूर्वाधार विकास समितिका सभापति दिपक सिंहले आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्न आवश्यक रहेको बताए । उनले उपसमिति बनाउँदा एक एक जना सबै दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुने बताए ।
उनले भने, ‘आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्ने सबैको कुरा समितिमा आएको छ । उपसमिति बनाउँदा एक एक जना आफ्नो आफ्नो दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुनेछ । आजको यस बैठकले देशभरीका राष्ट्रिय गौरवका योजनाहरुबाटै योजना प्रमुख नै राख्ने निर्णय गर्नुपर्ला । समितिले मागेका प्रमाणपत्रहरु समितिमा मगाईकन अध्ययन गर्नुपर्नेछ ।’
यसैगरी, समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य आयोजनाको (डिएफएसआर) तथा अध्यावधिक खरिद गुरुयोजना स्वीकृत भएको जनाइएको छ । वातावरणीय प्रभाव अध्ययन ९भ्क्ष्ब्० प्रतिवेदन र पुरक वातावरणीय प्रभाव अध्ययन ९क्भ्क्ष्ब्० स्वीकृत भएको समेत छलफलमा जानकारी गराइएको छ ।
२०७७ फागुन २० गते आयोजना निर्माण कार्यको शिलान्यास भएर हालसम्म ४६.६१ हे.जमिनको मुआब्जा वितरण सम्पन्न भैइसकेको समेत समितिमा जानकारी गराइएको थियो ।
प्रतिक्रिया