काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरी ठेक्का प्रक्रियामा एक मात्र निर्माण व्यवसायीलाई लाभ पुर्याउँदै झुट्टा बिल तयार गरी १९ लाख ६९ हजार ६६७ रुपैयाँ गैरकानूनी भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ।
प्रेस काउन्सिल नेपालबाट ठेक्का सूचना सार्वजनिक नभएको पुष्टि भएपछि डा. झासहित सहलेखापाल अनिल लिम्बु र निर्माण कम्पनीका सञ्चालक कौशल राज सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको हो।
तीनै प्रतिवादीमाथि बिगो रकम बराबर जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
प्रतिक्रिया