Logo

मनोरञ्जन

निखिल उप्रेतीको ‘आचार्य’मा बलिउड स्टारको क्यामियो, संजय दत्त वा सुनिल सेट्टीमध्ये एक सहभागी हुने सम्भावना



काठमाडौं — अभिनेता, निर्देशक तथा पटकथा लेखक निखिल उप्रेतीको निर्देशनमा निर्माण भइरहेको आगामी फिल्म ‘आचार्य’ मा बलिउड अभिनेता संजय दत्त वा सुनिल सेट्टीमध्ये एक जनाको सहभागिता हुने निश्चितजस्तै भएको छ।
उप्रेतीले अनलाइनखबरसँगको कुराकानीमा फिल्ममा यी दुई स्टारमध्ये एकलाई क्यामियो भूमिकामा समावेश गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, यद्यपि भूमिका क्यामियो भए पनि कथा अनुसार ती बलियो र प्रभावशाली हुनेछन्।
“यी दुईमध्ये एक जनालाई फिल्ममा क्यामियो रोलमा ल्याउने सम्भावना प्रबल छ,” उप्रेतीले बताए, “हामी हाल सोही प्रयासमा जुटिरहेका छौं।”
फिल्म ‘आचार्य’ लाई उप्रेतीको महत्वाकांक्षी प्रोजेक्टको रूपमा हेरिएको छ। उनी निर्देशन र लेखन दुबै भूमिकामा सक्रिय छन्। फिल्मको अन्य कलाकार चयन र छायांकन तालिका चाँडै सार्वजनिक गरिने तयारी भइरहेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १२ : २४ बजे