काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् ।
मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताएका हुन् ।
‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ । पुनर्निर्माणका विषयमा हामी एक्लैले कुरा उठाएर केही हुदैन । यसमा हाम्रा आवश्यतामात्र हैन । विकसीत देशहरुको जिम्मेवारी पनि हो,’ उनले थप भने, ‘खास गरी जलवायु परिवर्तनमा ठुला विकसीत मुलुकको योगदान छ, हाम्रो खासै छैन । हामीले असरहरु भोगिरहेका छौ यसमा कुरा विश्वले सहयोग गर्नुपर्छ भन्नृे कुरा राख्नुपर्छ ।’
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराम अधिकारीले विकासका मोडलहरुमा नै परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
‘हामीले विकासका काम जसरी गरेका छौ त्यसलाई सुधार गर्नैपर्छ । यसलाई बहसमा ल्याउनुपर्छ,’ उनले भने ।
उनले चालु खर्चमा खर्च गर्ने सोच राम्रो नभएको भन्दै अहिलेले योजना आयोगको व्यवस्था परिवर्तन भएको जानकारी दिए ।
‘चालु खर्चमा खर्च गर्ने यस्तो सोचाइले हुन्छ ? हाम्रो पूर्वमन्त्रीहरुको जवाफ मलाई चित्त बुझेन उहाँहरुको सोचाइ माथि गएकै छैन । चालु खर्च ३ करोडभन्दा तल गर्न नमिल्ने बनाएका छौ,’ उनले भने ।
प्रतिक्रिया