Logo

मुख्य समाचार

प्रतिनिधिसभाबाट दुई महत्वपूर्ण विधेयक सर्वसम्मत पारित



काठमाडौँ । प्रतिनिधिसभाले आजको बैठकमा दुई महत्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथिको प्रस्तावहरू सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।

बैठकमा विधेयकहरूमाथि छलफलका क्रममा सांसद अमनलाल मोदी, भगवती चौधरी र राजेन्द्र केसीले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक असार १४ गते बिहान ११ बजेका लागि तोकिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ५४ बजे