Logo

समाचार

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने भन्दै ,तर नियमनको जरुरी रहेको बताएका हुन् ।

उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ । संविधानले दिएकै कुरा छ । तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण भएको छ कि छैन् यसमा पनि हामीले छलफल गर्नुपर्छ । सरकार कुनै पनि मिडियाको अथवा प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न चाहादैन् ,तर नियमनको जरुरी छ । अहिलेको नेपालको पत्रकारिता जगतमा अत्यन्तै आवश्यक कुरा भनेको नियमन हो । स्वतन्त्रता छाडातन्त्र पनि होइन् । स्वतन्त्रताको आफ्नै परिभाषा छ नि ।’

त्यस्तै उनले सामाजिक सञ्जालमा लेखेको भरमा सत्य तथ्य नबुझी मिडियाहरुले त्यसैलाई आधार मानेर समाचार सम्प्रेसन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ३२ बजे