Logo

मुख्य समाचार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो ।

त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २० बजे