Logo

समाचार

सन्दीप क्षेत्री ‘फेस अफ रोयल इन्फिल्ड’ मा नियुक्त



काठमाडौं। अल्फा अटोमोटिभ प्रालिले हाँस्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ का रूपमा नियुक्त गरेको छ। कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीलाई ब्रान्ड प्रतिनिधिका रूपमा चयन गरिएको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार क्षेत्रीको लोकप्रियता, जीवनशैली, मोटरसाइकलप्रतिको रुचि तथा सामाजिक प्रभावलाई ध्यानमा राख्दै रोयल इन्फिल्डको नेपाली बजार प्रतिनिधित्व गर्न नियुक्त गरिएको हो। कम्पनीले उनलाई नयाँ अभियानमार्फत मोटरसाइकललाई केवल यातायातको साधन नभई आत्म-अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने उद्देश्य लिएको जनाएको छ।

अल्फा अटोमोटिभले रोयल इन्फिल्डसँगको सहकार्यलाई व्यवसायिक साझेदारी मात्र नभई साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार सहकार्यबाट आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, ट्राफिक नियमको पालना र सामाजिक कर्तव्यबारे जनचेतना फैलाउने लक्ष्य लिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो सहकार्यबाट समाजका हरेक वर्ग र समुदायसम्म पुग्न सकिनेछ भने युवा पुस्तासँग प्रगाढ सम्बन्ध गास्न मद्दत पुग्नेछ।”

अल्फा अटोमोटिभकी मार्केटिङ्ग मेनेजर प्रेक्षा लम्सालले जारी गरेको विज्ञप्तिमा सन्दीप क्षेत्रीसँगको सहकार्यले रोयल इन्फिल्ड नेपालमा नयाँ ऊर्जा, नवीन सोच र प्रेरणादायी अभियानहरू ल्याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ५० बजे