Logo

कोशी

कोरोना संक्रमणबाट २५ महिनापछि एक महिलाको मृत्यु



काठमाडौं । नेपालमा २५ महिनापछि कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ४१ वर्षीया महिला संक्रमितको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नोबेल अस्पतालका अनुसार ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उपचार भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले पनि मृत्यु पुष्टि गरेको छ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३६ बजे