काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले प्रतिपक्षी दलहरुले संसद बहिष्कार गरेर कति दिन चलाउने भन्दै प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? भनेर प्रश्न गर्दै समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह समेत गरे ।
उनले भने, ‘अख्तियारले छानविन गरेर जनतासामु तथ्य प्रमाणसहित ल्याउला । म पूर्ण रुपले विश्वस्त छु । उहाँ बेदाग चरित्र हो । उहाँले यस काममा भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू र ठाउँ पनि छन् । अहिले बहिष्कार गरेर यसरी कति दिन चल्छ ? सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? म निवेदन गर्छु यो समितिलाई साथ दिनुहोस । म हार्दिक निवेदन गर्छु समितिलाई साथ दिऊँ । शंकाको सुविधा दिएर हेर्नुस् । के परिणाम आउँछ भन्ने त हेरौँ ।’
प्रतिक्रिया