बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् ।
राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी नगरपालिकाको सेवा प्रवाह गर्न लागेको हो । नगरबासीहरूले छिटो छरितो र सरल ढङ्गले सेवा पाउने भएका छन् ।
बाँसगढीका देश विदेशमा बस्ने सबैले आफँु बसिरहेको स्थानबाट नै सेवा प्राप्त गर्ने गरी सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताए ।
डिजिटल बाँसगढीको सुरुवात गर्दै नगरप्रमुख खड्काले अब सेवा लिनका लागि नगरपालिका नै धाउनु पर्ने बाध्यता हटेको बताए । उनले देशको पहिलो डिजिटल नगरपालिका भएकोमा खुसी लागेको बताए ।
गत बैशाख २९ गते बासँसगढी नगरपालिका र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबिच बसेको संयुक्त बैठकबाट बाँसगढी नगरपालिकाले प्रदान गर्ने सबै सेवाहरूलाई डिजिटल रुपमा लैजाने सहमति भएको थियो ।
डिजिटल बाँसगढी निर्माणका लागिगरी नगरपालिकाको सेवा प्रवाह गर्ने सबै सेवहरूलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय बमोजिम घरबाट नै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी २.० निर्माण गरिएको छ ।
आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधित नेब बहादुर वलीले बताए । बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।
प्रतिक्रिया