Logo

मुख्य समाचार

रास्वपा सांसद शोभिता गौतमद्वारा विदेशमा रहेका नेपालीलाई निर्वाचनका लागि स्वदेश फर्कन आग्रह



बेंगलोर, भारत – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) की सांसद शोभिता गौतमले भारतको बेंगलोरमा रहेका नेपालीहरूसँगको भेटघाटका क्रममा आगामी २०८४ सालको निर्वाचनमा स्वदेश फर्कन आग्रह गरेकी छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले विदेशमा श्रम गरेर बसेका नेपालीहरूलाई निर्वाचनका समयमा स्वदेश फर्किएर देश परिवर्तनमा सक्रिय भूमिका खेल्न आह्वान गरिन्। उनले भनिन्, “कर्मभूमिमा आफ्नो छुट्टी बचाएर राख्नुहोस् र २०८४ को निर्वाचनमा स्वदेश फिर्ता भएर देशको मुहार फेर्नुहोस्।”

गौतमले लोकतन्त्रको अभ्यासमा प्रवासी नेपालीको भूमिकालाई महत्त्वपूर्ण बताउँदै मतदानलाई परिवर्तनको मूल आधारको रूपमा व्याख्या गरिन्।

उनको यो भनाइ प्रवासी नेपाली समुदायलाई आगामी निर्वाचनमा बढी संलग्न गराउने उद्देश्यले आएको हो। गौतम हाल भारतका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूसँग संवाद गर्दै सामाजिक, राजनीतिक र राष्ट्रिय सरोकारका विषयमा छलफल गरिरहेकी छन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ५१ बजे