जनकपुर । धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरु कटान गरेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन् ।
नगराईन नगरपालिकास्थित जटहीमा शनिबार बिहानदेखि दर्जनभन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन् ।
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरु काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफुललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरु बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरेपछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु ।’
उनले कार्यवाहक वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुव्र्यवहार गर्दैै कुटपिट गर्न थालेपछि आफू अनसनमा बसेको बताए ।
प्रतिक्रिया