Logo

अर्थ

प्राचार्य डा.घनश्याम प्रसाद साहलाई  ‘पोष्ट डक्टरल फेलो’को उपाधि



काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजका प्रमुख कार्यकारी निर्देशक एवं प्राचार्य डा.घनश्याम प्रसाद साहले नेपालमै पहिलो पटक लेखा विषयमा ‘पोष्ट डक्टरल फेलो’ को उपाधि हासिल गरेका छन् ।

साहले ‘क्यापिटल बजेटिङ प्राक्टिसेस इन नेपाल’ विषयमा भारतको श्रीनिवास विश्वविद्यालयबाट ‘पोष्ट डक्टरल फेलो’ को उपाधि हासिल गरेका हुन् । सो उपाधि विद्यावारिधि गरिसकेपछि विशेष अनुसन्धान वा खोजका लागि दिने गरिन्छ ।

डा.साहले पोष्ट डक्टरल फेलोको सन्दर्भमा आफूले नेपालमा पुँजी लगानीको अभ्यास, प्रक्रिया र अवस्था लगायतका विषयमा अनुसन्धान गरेको जानकारी दिए ।

‘मैले नेपालको पुँजी प्रणाली, लगानीको अभ्यास र यसको समसामयिक अवस्थाबारे गहिरो अध्ययन र विश्लेषण गरेको छु । लेखा सम्बन्धित विधामा नेपालमै पहिलोपटक यो उपाधि हासिल गरेकोमा म खुसी छु । यसले मलाई थप अनुसन्धान र ज्ञान निर्माणमा प्रेरणा दिएको छ’, साहले भने ।

सर्लाही ब्रह्मपुरी ३ स्थायी घर भई हाल काठमाडौं उपत्यकामा प्राध्यापन र अनुसन्धान पेशामा सक्रिय डा.साहका लेखा र वित्तीय व्यवस्थापन सम्बन्धी २१ भन्दा बढी अनुसन्धानात्मक प्रकाशनहरु प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : ५४ बजे