Logo

मौसम

मनसुन २३ दिनमा देशभर फैलियो



काठमाडौं । यस वर्षको मनसुन २३ दिनमा नेपालभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन जेठ १५ गते राति कोसी प्रदेशबाट प्रवेश गरी अहिले सुदूरपश्चिमसम्म पुगेको छ।

विभागले जनाएको छ कि मनसुन सामान्यतया जुन १३ गते प्रवेश गरी एक साताभित्र देशभर फैलिन्छ, तर यस वर्ष मनसुन मिति भन्दा १५ दिन छिटो आएको हो। जेठ २९ गते मनसुन मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिएको थियो।

हाल देशका सबै भूभागमा मनसुन सक्रिय भइसकेको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०८ बजे