काठमाडौं । नेपाल प्रहरीमा जागिर गर्न खोज्ने युवाहरूका लागि अवसर आएको छ । प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको हो ।
मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।
यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।
वर्गीकृत विवरण यसप्रकार छ :
खुला प्रतिस्पर्धाः ९९३ जना
आदिवासी÷जनजातिः २६० जना
मधेसी ः २२८ जना
महिला ः १६२ जना
दलित ः १२२ जना
पिछडिएको क्षेत्र ः ४० जना
अमर अशक्त प्रहरी परिवारः ३७ जना
नयाँ पद संख्या थपसँगै धेरै युवाहरूका लागि सरकारी सेवामा प्रवेश गर्ने अवसर थपिएको छ । इच्छुक उम्मेदवारहरूले समयमै आवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्ने छन् ।

प्रतिक्रिया